मलेसियामा जनवरी १ तारिक बाट, कामदारले लेबी तिनु नपर्ने

गौरीगन्ज | मलेसियाका गृहमन्त्री अहमद जाहिद हमिदीले विदेशी कामदारबाट लेबी कटौती नगर्न जनवरी १ तारिकबाट रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिएका छन् । यो नियम भोलि जनवरी १ तारिक बाट लागू हुनेछ ।

मलेसियामा कार्यरत कामदारहरुले अब लेबी तिर्नु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नु पर्ने निर्णय गरेको हो, जसको प्रत्यक्ष लाभ त्यहाँ कार्यरत विदेशी कामदारलाई हुनेछ ।

यो नयाँ नियम ‘इम्प्लोयर म्यान्डेटोरी कमिटी' मातहत आएको हो, जसकेा उद्देश्य रोजगारदातालाई विदेशी कामदारप्रति जिम्मेवार बनाउनु रहेको छ ।

समचार एजेन्सीका अनुसार नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |