श्रीलंकाले आत्मघाती गोल हानेपछि, नेपाल सेमिफाइनलमा
गौरीगन्ज |
भारतको सिलिगुडीमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा नेपाल प्रवेश गरेको छ।
शुक्रबारभएको समूह ए अन्तर्गत, आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङकालाई १–० पराजित गरेको हो । ८७ औ मिनेटमा श्रीलङकाकी गुनाबर्दनेले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक साबित भएको थियो ।
नेपालले यसअघि समूह चरणको पहिलो खेलमा भुटानलाई ८–० तथा दोस्रो खेलमा माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो।
नेपालले अब १८ गते हुने सेमिफाइनलमा समूह बि को उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ।



