बैगुनधुरा सिद्घिदाता प्रा. वि.का ५४ विद्यार्थीलाई सुइटर, जुत्ता, टोपी र पन्जा वितरण

झापा | बैगुनधुरा–५ सिद्घिदाता प्राथमिक विद्यालयका कक्षा एकदेखि तीनसम्मका सिमान्तकृत ५४ विद्यार्थीहरुलाई सोमबार सुइटर, जुत्ता, टोपी र पन्जा वितरण गरियो ।

विद्यालयमा आयोजित कार्यक्रममा विर्तामोड सरसफाई अभियान झापाको सौजन्यमा उक्त सामग्रीहरु वितरण गरिएको थियो । विद्यालयका व्यवस्थापन समितिको जेष्ठ सदस्य गणेशबहादुर पौडेलको सभापतित्व र बैगुनधुरा स्रोत केन्द्रका स्रोत व्यक्ति छविलाल बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सरसफाई अभियानका अध्यक्ष सागर पौडेल, सचिव रोजिना दाहाल लगायत सुवास घिमिरे, सुमन शर्मा, देवबहादुर बुढाथोकी, सुन्दर डाँगी र मानव मेचे लगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमचन्द्र सापकोटाले स्वागत गरेका थिए भने कार्यक्रम शिक्षक देवीरमण दाहालले संचालन गरेका थिए । -गौरादहका हामी नेपाली

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |