झापली गायक राजकुमार गोश्वामी "काँडाघारी" मा आस्था राउतसँग
गौरीगन्ज | झापा, दमक –१३ स्थायी घर भई, हाल अष्ट्रेलियामा बस्दै आएका गायक राजकुमार गोश्वामीको "काँडाघारी ...." बोलको नयाँ म्युजिक भिडियो अष्ट्रेलियामा रहेको नेपाली टचले अष्ट्रेलियामा आयोजित विशेष समारोहका बिच सार्वजनिक गरेको छ ।
गायन क्षेत्रमा सक्रिय गोश्वामीको स्वरलाई, अहिलेको ब्यस्त एवम चर्चित गायिका आस्था राउतले साथ दिएकी छिन् । गीतमा शब्द तथा संगीत किरण भण्डारीको छ भने यस गीतको म्युजिक भिडियोमा नायिका सृष्टि श्रेष्ठसँगै राम र किशोरले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन भुषण दाहालले गरेका छन् ।
यस गीतको म्युजिक भिडियो युट्युव मार्फत पनि सार्वजनिक भएपछि अहिले सम्म चालिस हजार श्रोताहरुले हेरी सक्नु भएको छ ।



