गायक राजेश पायल राईको गीतमा नुमा राई नाच्दै
कुवेतमा बसेर नै नेपाली गीत संगीतामा सर्मपित हुने र बिदेशमा भए पनि नेपाली मन तनका साथ गीत संगीतालाई माया गर्ने मोडेल नुमा राई द्वारा अभिनित म्युजिक भिडियो सङ्स नेपालले सार्वजनिक गरेको छ ।
आफनो क्षमता अनुसारको काम गर्दै आएकी नुमा, भोलीका दिनहरुमा काम कस्तो हून्छ, त्यो कुरा पछी मात्र थाहा हुन्छ गर्दै जाउ, कहाँ सम्म पूगिन्छ । आफनो देश भन्दा बाहिर अर्कैको ठाउमा काम गर्दै आफनो जन्मभुमिको लागी पनि केही गनुपर्छ भन्ने सोच नुमासंग छ । गीत संगितमा रुची राख्ने, मोडलिङ तथा गायनमा सफल कलाकार बन्ने आशाका साथ अगाडी पाइला लम्काउदै छिन । राम्रो कला इमान्दार साथ काम भयो भने अबश्य अगाडी बढन सकीन्छ भन्ने मनोबल उनमा छ र मोडलिङ साथै गायन बिधामा भविष्यमा जम्न चाहान्छिन ।
'जुन जस्तो’ बोलको गीतमा गायक राजेश पायल राईको सुमधुर आवाजमा सजिएको छ । यस गीतामा निलम राईले संगीत दिएका छन भने विपिन खालिङ राईको मर्म स्पर्शी शब्द रहेको छ ।
यस गीतको म्युजिक भिडियोमा मोडेल नुमा राईलाई विपिन खालिङ राईले अभिनयमा साथ दिएका छ । यस गीतको भिडियोलाई राजबाबु थिङेम लिम्बुले निर्देशन गरेका छन भने प्रेम कुमार जिमिले क्यामरा चलाएका छ ।
भिडियो हेर्नुहोस



