पोखरामा चौथो 'इक्यान शैक्षिक मेला' पुस अन्तिममा हुँदै
कुमार राई, गौरीगन्ज | शैक्षिक परामर्श संघ इक्यान कास्कीको आयोाजनामा, विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षितगर्दै पोखरामा पुस २७ देखि २९ सम्म पोखरा सभागृहमा चौथो इक्यान शैक्षिक मेला आयोजना हुने लागेको हो ।
नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एसोसिएसन पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजकमा थर्ड आई रिसर्च सेन्टर छ ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरु र उहाहरुको अभिभावकलाई उचित परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागेको हो भने, यस मेलाबाट पोखरा र पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरु र अभिभावकहरुको सहभागिता उल्लेख्य रहने आयोजकको अपेक्षा छ ।
मेलामा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई विद्यार्थी भिसा प्रणाली, अवश्यक कागजपत्र लगायतका विषयमा र विभिन्न देशका कलेज तथा विश्वविद्यालयहरुको शैक्षिकस्थती र भर्ना प्रक्रियाको बारेमा जानकारी दिइने छ ।
यस मेलामा धेरै शैक्षिक परामर्शकेन्द्रहरु एउटै स्थानमा रहेर परामर्श दिने भएकोले विद्यार्थी र अभिभावकहरुलाई अन्तराष्ट्रिय तथा राष्ट्रिय शिक्षाको बारेमा जानकारी लिन निकै सजिलो हुने अपेक्ष्या गरीएको छ ।