महाभारामै सबै सेवा
मदन राजवँशी मनप्रीत, झापा | झापाको महाभारा गाबिसमा आज जिल्लाका लगभग सबै सरकारी कार्यालयको टोलीले एक दिने शिबिर सँचालन गरि छेउछाउका ६ वटा गाबिसका जनतालाइ सेबा प्रदान गरेको छ ।
झापा जिल्ला अन्तर्गतका जनस्वास्थ्य कार्यालय, बन कार्यालय, प्रशासन कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, निर्वाचन कार्यालय , महिला तथा बालबालिका कार्यालय लगायतका कार्यालयहरुको टोलिले सेबा प्रदान गरेका हुन ।
झापा ६ का सभासद दीपक कार्किको प्रमुख आतिथ्यमा सोहि अबसरमा सार्वजनिक सुनुवाइ समेत चलाइएको थियो ।
स्थानिय जन कल्याण बिद्यालयमा सँचालित सो एक दिने सिबिरमा कुमरखोद, बैगुनधुरा , टाघनडुब्बा, पाचगाछी कोरोबारी र महाभारा गाबिसका लगभग ५०० जनताले सेवा लिएको कुरा स्थानीय पुजन न्यौपाने कँवरले बताउनु भयो ।
सोहि अबसरमा नेपाल टेलिकमले सेवा ग्राहि लाइ निशुल्क सिम कार्ड समेत बितरण गरेका छन् ।
आजै बाल कल्याण स्कुलका भुपु बिद्यार्थीहरुले सोहि स्कुलका २०० जना बिपन्न बिद्यार्थीहरुलाइ न्यानो कपडा समेत बितरण गरेका छन् ।



