महाभारामा अति विपन्न २०० विद्यार्थीलाई न्यानो कपडा प्रदान

कुमार राई, गौरीगन्ज | झापाको दक्षिणि क्षेत्र बालकल्याण मावि माहाभारा ३ कुञ्जीबारीका विद्यालयका भूतपूर्व विद्यार्थी समूहले हिजो २०७३ पौष ३ गते आइतबार एक कार्यक्रम गरि बाल शिक्षा देखि कक्षा ४ सम्म अध्ययनरत २ सय जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका छन ।

अति विपन्न समुदायको वसोबास रहेको त्यस क्षेत्रमा विभिन्न दाताहरुबाट सहयोग संकलन गरेर सो सहयोग जहाँ सिक्यौँ, त्यही गरौँ भन्ने नाराकासाथ शुरु गरिएको अभियानका क्रममा संकलन भएको रकमबाट विद्यार्थीका लागि स्वीटर तथा टोपी हस्तान्तरण गरिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्री, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराललगायतले हस्तान्तरण गरेका थिए । राहत हस्तान्तरण कार्यक्रममा प्रजिअ खत्रीले सम्पन्न परिवारका छोरा–छोरी निजी विद्यालयमा पढाउने गरेको र मजदुर तथा अति विपन्न वर्गले मात्र सामुदायिक विद्यालयमा धानि रहेको बताउदै सामुदायिक विद्यालयको र्शैक्षिक बृद्धिको निम्ती समुदायमा समेत जागरण आउनु पर्ने बताएका थिए ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष देवेन्द्रनारायण राजवंशीको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रममा सहयोग पुर्याउने दाताहरुलाई समेत प्रंशसा पत्र वितरण गरिएको थियो ।

२०१७ सालमा स्थापना भएको यस विद्यालय महाभाराकै एक मात्र माध्यमिक विद्यालय हो । यस विद्यालयमा आदिवासी, सिमान्तकृत, लोपन्मुख समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |