साउदी अरबबाट सक्रिय समजसेवी श्री रुद्र सारु मगर विदाई हुँदै
कुमार राई, जुबेल | साउदी अरबको नेपाली समुदायमा लामो समय देखि क्रियाशील व्यक्तित्व नेपाल मगर संघ,शाखा साउदी अरबका सस्थापक महासचिव तथा निबर्तमान अध्यक्ष देखि नेशमा, रोवाबी, नेशमा ट्रेडिंङ नेपाली समाजको अध्यक्ष र गैर आबसीय नेपाली संघ साउदी अरबको संस्थापक सदस्य रुद्र सारु मगरज्यु आफ्नो २३ बर्षे बैदेशिक रोजगारीको साउदी बसाई समाप्त गरि नेपाल फिर्ति हुदै गर्दा भब्य समहारोको बिच बिदाई कार्यक्रमहरुको आयोजना गरियो ।
नेपाली समुदायमा उहाको सालिनता र लगनशीलता निकै प्रख्यात रहेको छ । आफ्नो बसाईको क्रममा आफ्नो पेशा ब्यबसायको साथै सामाजिक जीवनमा उहाको सक्रियता चर्चाको बिषय थियो ।
साउदीको बसाई सकेर बिदा भै स्वदेश फिर्ति हुदै गर्नु भएका समाजसेवी सारु मगरज्युको कमि साउदी स्थित नेपाली समुदायले लामो समय सम्म भोग्ने छन साथै उहाको उज्ज्वल भबिष्यको कामना सहित आयोजना गरिएको बिदाई कार्यक्रमहरुले सामाजिक क्षेत्रमा क्रियाशील रहनु भएकाहरु समक्ष समुदायको हितमा कार्य गर्न प्रेरित गर्नेछ र समाजबाट पाएको सम्मानले सकारात्मक संदेश प्रबाह गर्ने छ ।



