स्थानिय चुनावमा उम्मेद्वार : के चाहन्छन युवा ?

गौरीगन्ज | चैत्र १०, स्थानिय चुनाब नजिकिदै गर्दा राजनितिक दलहरु उम्मेदवारी कसलाई दिने भनेर दिन दिनै छलफल र बहसमा जुटेका छन् । यसै सन्दर्भमा हामिले स्थानिय निकायमा कस्ता मानिसलाई उम्मेद्वारी दिनु पर्छ ? तपाईका रोजाइमा कस्ता उम्मेद्वार लाई भोट दिनु हुन्छ, भनि गौरीगँज र आसपासका युवाहरुलाई सोधेका थियौ । प्रस्तुत छ उहाहरुको जवाफ जस्ताको त्यस्तै ।
दुई दशक पछि हुन लागेको स्थानिय निकायको चुनाव राष्ट्रकै मेरुदण्डको रुप हुने भएकाले गर्दा दलहरुले अहिलेको देशको विषम परिस्थितिमा पनि सामाजिक सदभाव र भाइचारा कायम गर्दै सन्तुलित स्थानिय बिकाशमा लागी पर्ने कर्मठ मानिसको हातमा टिकट थमाउनुपर्छ । सक्ष्यम र नेतृत्व बहन गर्न सक्ने बिकाशउन्मुख उम्मेदवारले मात्र मेरो र सबैको भोट पाउनेछ।
श्याम कार्की
स्थानिय निर्वाचन भएकाले यहाको हरेक जातजाति, भाषाभाषीको राम्रो ज्ञान भएको, स्थानीय समस्याको सहि पहिचान गर्नसक्ने, कुनै, जाती, बर्ग बिषेशमा झुकाव नभएको, बौद्धिक र तार्किक ब्यक्ती जो केन्द्रसम्म निडरताका साथ आफ्नो कुरा राख्नसक्छ, नीतिनिर्माण तथा निर्णय प्रकृयामा सर्बसहमती जुटाउनसक्ने, स्थानीयको सम्मान गर्ने, प्रबिधिको राम्रो ज्ञान भएको, स्वस्थ(विशेष गरि युवा )नेतृत्वको खाचो छ।
किरण ढुँगेल
दलहरुले भाषणमात्र गर्न जन्नेलाई हैन, काम गरेर देखाउन सक्ने लाई उम्मेदबारी दिनु पर्छ, मेरो भोट कुनै दललाई हैन काम गरेर देखाउन सक्ने उम्मेदबरलाई दिने छु ।
खेम ताजपुरिया
निजि स्वार्थ भन्दा माथि उठेर जनभावना अनुसार काम गर्न सक्ने ब्यक्ति चुन्नु पर्छ, सम्बन्धि ठाउमा स्पष्ट बिचार राख्न सक्ने खालको ब्यक्तिलाई हामीले छान्नु पर्छ ।
मोहन भण्डारी
हुन त सबै पार्टीहरु आफ्नै स्वार्थमा लिप्त मात्र छन तथापि आफ्नै गाउँ ठाउँको उन्नति प्रगतिका लागि जिम्मेवार दलहरूले बिकास र जन प्रेमी उम्मेदवार उठाउनु बेश रहला । म चाहिँ कम्तिमा जितपछी सबैको कुरा सुन्ने मनन गर्ने सकेसम्म पहिचान गरि भोट दिनेछु ।
प्रवेस श्रेष्ठ
गाऊँ विकासमा चासो राख्ने र व्यक्तिगत स्वार्थ विना केही पाईला गाऊँ विकासको कार्यमा हिडीसकेका र सबै गाऊँवासी जनसमुदायलाई एकै नजरले हेर्ने व्यक्तिगत भन्दा सामुहिक सदभाव भएका र हरेक समुदायको जनतासँग भाईचाराको सम्बन्ध राखेको व्यक्तित्वलाई पार्टीले उमेद्वारी दिनु पर्छ । आफ्नो ठाऊँ र जनताको लागी पार्टीसँग लड्न सक्ने वौद्धिक क्षमता र आत्मवल भएको र जनता प्रती जवफदेयी हुन सक्ने व्यक्तित्वको पहिचान गरी हामीले भोट दिनु पर्छ ।
रमेश श्रेष्ठ
राष्ट्रिय राजनितिमा सही विचार र राष्ट्रियताकाे विषयमा चट्टानि अडानका साथ देशलाई उन्नति र प्रगति तर्फ डाेर्यउन सक्ने पार्टी र त्यसका उमेदवार लाई ।
अमर शिवाकोटी
I can't say like that mien in gaurijang & khajurgachhi, who want to do village develops. just they want to benefit on his side i want to give example but not a now .
पुर्बेली झापाली
मेरो विचारमा, यो स्थानिय निकायको चुनावमा जुनै पर्टीले होस् निम्न गुण भएको व्यक्तिलाई उमेद्वारी दिनु पर्छ जस्तो लाग्छ ।

१) स्थानियको विकासगर्ने

२) बाैद्धिक योग्यता (शिक्षित) भएको

३) सबै जाति, भाषा, धर्म र वर्गको मानिसलाई समान दृस्टिकोणले हेर्ने हुनु पर्छ ।

४) स्वस्थ्य व्यक्ती लाई दिनुपर्छ।
सरोज राजवशी
जनताहरुको आवश्यक्तालाई मध्य नजर गर्दै यदि दलहरुले जो स्वच्छ छवि भएको इमान्दार बिकास प्रेमी न्याय प्रेमी साथै जुझारु आवश्यक्ता परेको बेला जनताहरुका लागि सम्बन्धित निकायहरुमा टड्कारो आवाज उठाउन सकोस त्यस्तो खालको युवा शक्तिहरुलाई पहिचान गरी कुनै पनि दलहरुले उमेद्बार उठाउन सक्नु पर्छ, आज जनताहरुको आवश्यक्ता र चहाना पनि यही हो अबका दिनमा हामी जनताहरु हाम्रा मान्छेहरुलाई हैन, राम्रा मान्छेहरुलाई उमेद्वारमा जिताउन भोट हाल्ने छौ ।
रुङ्मङ्ग राई (राम)
झण्डै दुई दशकपछि हुन गैरहेको स्थानीय तहको चुनावका लागी गाउँपालिका ma उम्मेदवार चयन गर्दा निम्नलिखित बुँदाहरुलाई छनौटको आधार मान्ने हो भने जनसहभागिता वृद्धि गर्न सकिने र जितसहित सक्षम नेतृत्व उत्पादन गर्न सकिने हुँदा उचित उम्मेदवार चयनका लागी संवेदनशील हुन हार्दिक अनुरोध छ ।

१. बैचारिक दक्षता र व्यवस्थापकिय नेतृत्व क्षमता

२. जनस्तरमा लोकप्रियता र केन्द्रीय पहुँच

३. राजनीतिक क्रियाशीलता

४. नैतिक आचरण र इमानदारीता

५. उमेर र स्वास्थ्य
निराज अग्रवाल

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |