गौरीगँज खानेपानीमा चरम लापरवाही : विजुली महसुल नतिर्दा काटियो लाइन

मदन राजबँशी मनप्रीत, १० चैत । झापा । गौरीगँज खानेपानी सँस्थाले बिजुलिको बक्यौता रकम नतिर्दा बिजुलीको लाइन काटिएको छ भने सँस्थाको यो लापरवाहिले हजारौ उपभोक्ता खानेपानी बाट बञ्चित भएका ढन् । सँस्थाले कर्मचारी बस्ने भवनको ४८ हजार सहित २ लाख ६६ हजार बक्यौता रकम बिद्युत प्राधिकरणमा बुझाउन वाकि छ ।
हिजोबाट सँस्थानको बिजुली काटिएपछी उपभोक्ताको धारामा पानी गएको छैन । एक उपभोक्ताको भनाइ अनुसार सँस्थामा नाम मात्रको अध्यक्ष छ । अध्यक्ष कहिल्यै सँस्थान पुग्दैनन् । न त यस बारे कहिल्यै चासो लिन्छन् । सँस्थानका अध्यक्ष कल्याण कोइराला हुन । यिनको निष्कृयताका कारण अहिले देवी राजबँशीले कमचलाउ अध्यक्ष को काम गरिरहेका छन् । यसबारे काम चलाउ अध्यक्ष राजबँशीलाइ सोध्दा उनले सबै दोष कर्मचारीको हो भनि पन्छीन खोजे । उनि भन्छन् - "समितीको खातामा अहिले ४-५ हजार रकम मात्र होला । सबै आर्थिक कारोबार कर्मचारीलाइ जिम्मा लगाइएको छ । तर कर्मचारीले उपभोक्ताबाट महसुल नै असुलेका छैनन् ।" उपभोक्ताबाट महसुल असुल उपर गर्ने काम समितीको हो - स्थानीय राजेश गर्तौला भन्छन् - हामीसँग महसुल लिने तर बिद्युतको बिल नतिर्ने समितीका सबै पदाधिकारीलाइ कारवाहि हुनु पर्छ । स्थनिय धर्म गिरी भन्छन् "समिती नै गँजागोल छ । यिनीहरुलाइ केही मतलब नै छैन ।"
समितीमा कल्याण कोइराला, देबी राजबँशी, रुकन दास, बिश्वराज रिजाल , केदार ढुँगेल कमल राजबँशी, दुर्गा नेपाली लगायत छन् जो यस क्षेत्र का राजनितिक दलका स्थानिय कार्यकर्ताहरु हुन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |