गौरीगन्ज गाबिसको कामकाज नया भवन बाट

गौरीगन्ज | मदन राजबँशी मनप्रीत २२ फागुन झापा, गौरीगन्ज गाबिसको कार्यालयले आज देखि नया भवनबाट सेवा दिन थालेको छ । एक महिना अघि नै निर्माण कार्य सम्पन्न भएको सो नया भवन पुरानो भवनको साबिक स्थान मै अवस्थित छ ।

आधुनिक शौचालय सहितको सो नया भवनमा एउटा सभा हल सहित ६ वटा ठुला र फराकिला कोठाहरु छन् । जम्मा ५२ लाखको लागतमा बनेको उक्त भवन उपभोक्ता समिती मार्फत निर्माण गरिएको हो ।

४५ सालको भुकम्प खेपेको र द्वन्द्वकालमा तत्कालिन माओवादीले आगजनि गरेपछि सो गाबिसको पुरानो भवन जिर्ण बनेको थियो । पुरानै स्थानमा नया भवन बन्ने भएपछि केहि समय अघिदेखि गाबिसको कामकाज कृषि उपस्वास्थ्य केन्द्रको २ कोठे भवनबाट सँचालन हुदै आएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |