समयमा आइ पुग्दैनन् दमक नापी हाकिम साब । (न्युज गौरिगँज निगरानी)

गौरीगन्ज | २३ फागुन झापा । समय बिहानको १०:१५ भइसकेको थियो । दर्जन भन्दा बढि सेवाग्राहि कार्यालय परिसर भित्र हाकिम साबको प्रतिक्षा मा थिए तर कार्यालयको तेस्रो तल्ला मा हाकिम साबका पाचै वटा कार्य कक्ष हाकिम बिहिन थिए । तेस्रो तल्लाको कोठा नँवर ३०१ मा कार्यालय प्रमुख शेष बहादुर श्रेष्ठ अनुपस्थित थिए भने कोठा नँबर ३०३ को प्राबिधिक चेकजाच फाटमा सर्भेक्षक डिल्ली कुमार लिम्बु पनि आइ पुगेका थिएनन् । त्यसै गरि कोठा नँबर ३०४ को लेखा शाखा , कोठा नँबर ३०५ को प्रशासन फाँट र कोठा नँ ३०२ पनि कर्मचारी बिहिन नैथिए ।

नापि कार्यालय दमक शाखामा आज बिहान सबा दस बजे न्युज गौरिगँज पोर्टलका प्रतिनिधि मदन राजबँशी मनप्रित सेवाग्राहिका रुपमा पुग्दा हाकिम हरु अनुपस्थित रहेको पाइएको छ । लखनपुर बाट सिमाना छुट्याइ पाउ भनि निबेदन दिन आएका लिम्बु थरका एक सेबाग्राहिले भने - यहा जहिले नि यस्तै हो । सबै काम भइ सक्छ , लाष्टमा हाकिमको तोक लगाउन हाकिम कुर्दा कुर्दै दिन बित्छ । कहिल्यै टाइममा आइ पुग्दैनन् । एघार बजि सक्दा बल्ल सर्भेक्षक डिल्ली कुमार लिम्बु आफ्नो कार्यकक्ष मा देखा परे भने कार्यालय प्रमुख शेष बहादुर श्रेष्ठ मध्यान्हको १२ बजि सक्दा समेत कार्यालयमा झुल्केका थिएनन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |