पुर्व नेपालको सदस्य शिक्षा कार्यक्रम सम्मन्न

गौरीगन्ज | २४ फागुन झापा । गौरीगन्ज स्थित पुर्वनेपाल बहुउद्देश्यीय सहकारी सँस्थाले आफ्ना सेयर सदस्यहरुका लागि जानकारी मुलक सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सेयरको महत्व, वचतका प्रकार तथा ऋणको उद्देशय आदि बारे जानकारी दिन सँचालन गरेको सो एक दिने कार्यक्रममा २ दर्जन सेयर सदस्यको सहभागिता रहेको थियो । प्रशिक्षक गोपाल प्रसाद भटराइले सेयरको महत्व तथा ऋणको उद्देशय र उपयोगिताको बारेमा सहभागिलाइ जानकारी गराएका थिए भने केदार ढुङ्गेलले सहकारीले प्रदान गरेका बचत सुबिधाका प्रकारहरुको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा जगन्नाथ आचार्य कमला पाण्डे ध्रुव दाहाल मँगलु साह लगायतका पुर्वनेपाल सहकारीका सँस्थाका पदाधिकारी र कर्मचारीहरुको उपस्थिती थियो ।

केहि दिन पछि गौरीगन्ज खजुरगाछी क्षेत्र लाइ लक्षित गरि डस्टबिन बितरण समेत गरिने सहकारीका एक पदाधिकारी केदार ढुँगेलले बताए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |