पशु पालनमा अघि बढ्दै महाभाराका रामप्रसाद र सुभाष
पुजन न्यौपाने कुँवर |
२३ फागुन झापा । उमेेरले ७० कटेपनि अझै जागरिला छन् रामप्रसाद प्रसाइ । उनमा अझ केहि गर्ने जोस जागर छ । अहिले उनि उन्नत जातको गाइ पालन गरेर गाउभरीमै नमुना कृषकका रुपमा दरिएका छन् । महाभारा ६ मा उनले पालेका ७ वटा गाइ बाट दैनिक ४५ लिटर दुध उत्पादन गर्ने गरेका छन् । त्यसै गरि सोहि ठाउका ३८ बर्षिय युवा सुभाष मैनालीले पनि आफुले पालेका ३ वटा उन्नत गाइ बाट दैनिक १५ लिटर दुध उत्पादन गर्ने गरेका छन् ।
यि दुबै महाभाराका पहिलो किसान हुन जसले पशु पालनलाइ आधुनिक र ब्यवस्थित ब्यावसायका रुपमा अँगाल्ने आट गरेका छन् । दुबैको भनाइ छ - " हामी नमुना कृषक बन्न चाहन्छौ"
गाइ पालनलाइ ब्यावसायका रुपमा अँगालेपनि गाउमा पशु उपचारको सुबिधा तथा चोकर र चाराको सुलभ पसल नहुदा यो ब्याबसाय नै धरापमा पर्ने चिन्ता छ दुबैमा । यसका साथै उत्पादित दुधले समेत उचित मुल्य नपाउदा यिनिहरु थप मारमा परेका छन् । "दुध घरबाटै बिक्री भए पनि प्रति लिटर रु ३३ मात्र पाउने गरेका छौँ । कम्तिमा पनि लिटरको ४० रुपैया सम्म मुल्य हुनु पर्ने हो" - उनिहरु गुनासो पोख्छन् - "सरकारी स्तरबाट अनुदान वा अरु कुनै सहयोग पाए हामी यस व्याबसायलाइ अझ ब्यवस्थित पार्न सक्थ्यौ ।