सिँचाइले गौरिगँज क्षेत्र को बिद्युत आपुर्तिमा समस्या ।
मदन राजबँशी मनप्रीत | २७ फागुन, गौरीगन्ज
हिउदे बालिमा सिचाइ हुन थाले पछि गौरिगँज र आसपास क्षेत्र मा बिद्युत आपुर्ति केहि दिन यता असहज बनेको छ । गौरिगँज क्षेत्रका लागि बुलुचोक फिडरबाट पहिला प्रयोगमा रहेको १६ एमपिएको ट्रान्सफर्मर दसै ताका बिग्रिए पछि अहिले यो समस्या आएको हो । प्राधिकरणका गौरिगँज फ्युज सेवाका कर्मचारी सन्तोष राजवँशीका अनुसार अहिले यस क्षेत्रका लागि ८ एमपिए को ट्रान्सफर्मर सँचालित छ । अहिले अधिकाँश कृषकहरुले हिउदे बालीमा बिद्युतिय सिँचाइ गर्दा यो सानो ट्रान्सफर्मरबाट बिद्युत पुर्याउन नसकिएको कुरा बताउछन् । " हामीलाइ पनि यो समस्याले अहिले काम गर्न असहज भएको छ" - उनले गुनासो गरे ।
सोमबार देखि कोरोबारी बाट नया फिडर सँचालन भएपछी यो समस्या केहि हद सम्म कम हुने कुरा प्राधिकरणको दमक शाखाले जानकारी दिएका छन ।
सोमबार देखि कोरोबारी बाट नया फिडर सँचालन भएपछी यो समस्या केहि हद सम्म कम हुने कुरा प्राधिकरणको दमक शाखाले जानकारी दिएका छन ।



