असोज १ लाई गौरीगन्ज गाउपालिकाको स्थापना दिवसका रुपमा मनाइनु पर्छ - गिरी

गौरीगन्ज | २७ फागुन, गौरीगन्जलाई छुट्टै गाउपालिकाको रुपमा स्थापित गर्न सफल भएकोले असोज १ गते लाई गौरीगन्ज गाउपालिकाको स्थापना दिबसको रुपमा मनाउनु पर्ने कुरा फोरम लोकतान्त्रिकका स्थानीय नेता श्रबण गिरीले जिकिर गरेका छन् । पुनरसँरचना आयोग द्वारा झापाका १५ स्थानीय निकाय मध्ये गौरिगँजलाइ छुट्टै गाउपालिका घोषणा गरिएको खुशियालिमा गाउपालिका सँघर्ष समितीले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
कार्यक्रममा सँघर्ष समितीका सँयोजक उदयलाल यादव तथा उबासँघ गौरीगन्ज खजुरगाछिका अध्यक्षा मखना महतो शुभकामना मन्तब्य राखेका थिए साथै यस कार्यक्रममा मखना महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |