गौरीगन्ज गाबिस आइतवारदेखि गाउपालिका बन्दै ।

मदन राजबँशी मनप्रीत, गौरीगन्ज | २७ फागुन, ७ सय ४४ स्थानीय निकाय सहित मुलुक नया सँरचनामा जाने भएपछी झापाका तल्लो भेगका गौरिगँज सहित अन्य चारवटा गाबिस गाभिएर गौरिगँज गाउपालिका बन्दैछ । तल्लो झापाका खजुरगाछी, महाभारा, कोरोबारी र गौरिगँज गाबिस गाभिएर आइतबार देखि नया स्थानिय सँरचना बन्ने भएको हो ।
शुक्रबार राजपत्रमा प्रकाशित भएको गौरिगँज गाउपालिकाको नयाँ सँरचना अनुसार यस गाउपालिकालाइ ६ वटा वार्डमा बिभाजन गरिएको छ । जस अनुसार महाभाराका ९ वटै वडाहरु वडा नँ १ मा र कोरोबारीका ९ वटै वडाहरु वडा नँ २ मा राखिएको छ । त्यसै गरि गौरिगँजको वडा नँ ५,६,७ र ८ लाइ मिलाएर वडा नँ ३ वनाइएको छ भने गौरिगँजको १,२,३,४ र ९ नँवरलाइ वडा नँ ४ मा राखिएको छ । खजुरगाछीको वडा १,२,३,४ र ९ लाइ मिलाएर वडा नँ ५ बनाइएको छ भने खजुरगाछीको ५,६,७ र ८ लाइ मिलाएर वडा नँ ६ वनाइएको छ । नयासँरचना अनुसार अव गौरिगँज गाउपालिकाको नया जनसँख्या ३३ हजार ३८ र क्षेत्रफल १०१ ।३५ वर्ग किमी हुने छ । गाबिसको केन्द्र भने गौरिगँज गाबिसको साबिकको कार्यालयलाइ नै तोकिएको छ ।
यस सँगै पुराना चारैवटा गाबिसका कर्मचारीहरु ब्यापक फेरबदल हुने देखिएकोछ भने नयाँ सँरचना सँचालनको नया निर्देशिका समेत लागु हुने छ । नया सँरचना लागु भएसँगै जिबिसको काम जिल्ला समनवय समितीले हेर्ने छ ।
आज देखि देश भरका नगरपालिका गाबिस र जिबिस बिगठन हुदैछ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |