साउदी अरबले किन्ने माल्दिभ्सको एउटा टापु, भारतलाई चिन्ता

गौरीगन्ज | माल्दिभ्सले आफ्नो एक द्वीपको नियन्त्रणको जिम्मा साउदी अरबलाई दिने तयारी गरेको छ । माल्दिभ्सले हिन्द महासागरसँग जोडिएको छ । माल्दिभ्सको यो निर्णयले भारतसामू सुरक्षासँग जोडिएको नयाँ चुनौती खडा हुन सक्नेछ ।

माल्दिभ्सका प्रतिपक्षी दल तथा तिनका नेताहरुले भने सरकारको यो निर्णयले आफ्नो देशमा बाह्य प्रभाव बढ्ने र देशका स्कुलहरु मदरसामा परिणत हुने भन्दै चिन्ता जनाएका छन् ।

समाचार अनुसार माल्दिभ्सको प्रतिपक्षी दल माल्दिभ्सियन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले आफ्नो द्वीपको जिम्मेवारी सरकारले साउदी अरबलाई दिन लागेको जनाएको हो ।

एमडीपीका अनुसार देशका २६ द्वीप्समध्ये एक फाफू साउदी अरबलाई बेच्ने सरकारको निर्णय खतरनाक हुने छ । पार्टीले सरकारले यसो गरेमा देशमा बाह्य प्रभाव र हस्तक्षेप बढ्ने भन्दै चिन्ता जनाएको छ।

द्वन्द्वग्रस्त मुलु सिरियामा लडिरहेका अन्य देशका लडाकुमध्ये ठूलो हिस्सा माल्दिभ्सको पनि रहेको छ। साउदी अरबका राजा सलमान बिन अब्दुलअजीज अल साउदले चाँडै माल्दिभ्सको भ्रमण गर्दैछन् ।

एमडीपीका सदस्य तथा पूर्व विदेश मन्त्री अहमद नसिमले यो निर्णय गर्दा आफ्ना जनताले के भन्छन् भन्ने कुरा पनि सरकारले बुझ्न नचाहेको आरोप लगाएका छन् ।

एमडीपीका अनुसार साउदी अरबले माल्दिभ्समा ३ सय विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको छ। यतिसम्मकि माल्दिभ्समा ७० प्रतिशत जनसङ्ख्याले अन्य धर्म अपनाइसकेका छन् । राष्ट्रपति अब्दुल्ला यामिन साउदी अरबबाट इस्लामिक शिक्षक ल्याउन चाहन्छन् । यो निर्णयले स्कुललाई मदरासमा बदल्ने दाबी गरिएको छ ।

भारतको छिमेकी देश माल्दिभ्स यस्तो एक्लो देश हो, जहाँको भ्रमण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अझै पनि इन्कार गर्दै आएका छन् ।

भारतले माल्दिभ्सको आन्तरिक मामिलामा आफूलाई अलग राखेको जिकिर गर्दै आएको छ। तर, अर्को साल चुनाव हुने भएकाले अब भने भारतले माल्दिभ्सबारेमा स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने अवस्थामा पुगेको छ।

माल्दिभ्समा पहिले जमीन बेच्नुलाई गद्दारी मानिन्थ्यो । यसका लागि त्यहाँ मृत्युदण्डको पनि सजाय तोकिएको थियो ।

माल्दिभ्स सरकारले सन् २०१५ मा संविधान संशोधन गरेको थियो । जसका कारण विदेशीहरुलाई जमिन खरिद गर्न मुस्किल भएको छ । स्रोत : कारोबार

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |