साउदी अरबमा अवैधानिक कामदारलार्इ आममाफी

जुबेल, साउदी अरब | साउदी अरबका राजकुमार मोहम्मद विन नाइफले ‘अ नेशन विथआउट भ्वाइलेन्स’ नामक अभियान अन्तर्गत अवैधानिक रूपमा बसोबास गरेका विदेशी कामदारलाई ९० दिने आममाफी घोषणा गरेको छन । यो अभियान मार्च २९ अर्थात चैत १६ गते देखि लागू हुने समचार अरव न्यूजमा प्रकाशित भएको छ ।
यो अवधिमा हज अथवा उम्राह दर्शनको लागि आएर भिषा अवधि समप्त भै घर फर्कन नसकेका र श्रम ऐन उल्लंघन गर्दै साउदी अरबमा लुकिछिपी बसेका विदेशी कामदारले विना सजाय देश छाड्न सक्ने छन ।
राजकुमार नाइफले नियम उल्लंघन गरेका आप्रवासीहरुलाई यो व्यवस्थाको लाभ लिन र आफ्नो छवी सुधारका लागि प्रयोग गर्न आग्रह गर्दै, उनले आफ्ना अधिकारीहरुलाई निर्देशन दिँदै यो सुविधा लिन चहनेहरुको लागि आवश्यक प्रक्रिया मिलाउन समेत निर्देशन दिएका छन ।
मन्त्रालयका प्रवक्ता मनसुर अल टुर्कीका अनुसार आप्रवासी कामदार तथा कामको अनुमति नपाएका व्यक्तिलाई ट्राभल परमिट जारी गरिनेछ । यो सुविधा लिन पासपोर्ट विभाग सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनु पर्ने छ । साउदी अरब सरकारले आफ्ना देशवासीलाई वर्क पर्मिट र आवसीय नियम उल्लघंन गरेकाहरुलाई काममा नलगाउन समेत आग्रह गरेको छ ।
यो सुविधा अवधि समाप्ति पछि पनि स्वदेश फिर्ता नहुनेहरुलाई भने जरिवाना सहित सजाय भोग्नु पर्ने स्पष्ट पारेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |