लघुकथाः आदर्श र बाध्यता
पुष्प अार.जे. |
अफिस जाँदा आउँदा बाटोमा चिनजान भएको थियो । उनीलाई जहिले नि हतार मा देख्थेँ । बाटोमै क्रमशः हामी नजिक भयौं । चिया, कफी यस्तै यस्तै बहाना हुन्थ्यो । चिनजान भएपछि हामी झन आत्मीय भएका थियौ । उनको साधारण लवाई ले मलाई धेरै प्रभाव पारेको थियो । उनको बोल्ने शैली मनमोहक थियो । शायद उनी यो शहर कि होइनन् । परिस्थितिले सहर आएकी होलिन् । मन मनै म सोच्ने गर्दथेँः
‘यति राम्री पढे लेखेकी र जागिरे उनलाई जीवन साथी बनाउन पाएँ भने जीवन सुखमय हुँदो हो’
धेरै पल्ट उनले आफ्नो कोठामा आउन अनुरोध गरेकी थिईन् । कामको ब्यस्तताले जान पाएको थिईन । उनको कोठामा गएर एक कप मीठो कफी खाने जहिले नि उधारो हुन्थ्यो । ‘धेरै भयो उनलाई न देखेको मनमा उनेक कुराहरु चल्न थालेका थिए । आज अफिस मा खासै काम नि थिएन । बेलैमा आफ्नो काम सकेर म अफिस बाट निस्केँ । आज म अठोट गर्दै छुः ‘पक्कै आज प्रेम प्रस्ताव राख्नु पर्यो’ नजिकै को पसल बाट गुलाबका फुलको एउटा राम्रो बुकि किने । त्यो उनको रूप झँै सुन्दर थियो ।
उनको कोठाको ढोका ढकढकाउन खोज्दछु । ढोका आफै खुल्छ । भित्र पुगेको मात्र हुन्छु । म छाँगाबाट झरेझँै हुन्छु । उनी त्यसबेला मलाई देखेर अवाक भईन् । मेरा हाथका बुकीका गुलावहरू यत्रतत्र छरिए । कोठाभित्र वाईन र चुरोटका गन्धहरू फैलिएको थियो । बेडका कपडाहरु छरपस्ट थिए । अनि भित्तामा उत्तेजक पोस्टरहरू । उनको उज्यालो अनुहारमा गाजल लतपतिएको थियो लिपिस्टिक दलिएको थियोे । उनले लगाएको कपडा अस्तव्यस्त थिए । किन किन म त्यहा निस्सासिएँ । एकछिन नि म बस्न सकिन । उनी के के भन्दै थिईन् । मेरा ओठ मुख सुकी सुकेका थिए । आखिर के बाध्यता पर्यो र यो सब गर्दै छिन् उनी । यस्तै यस्तै सोच्दै म फर्कन खोज्दै थिएँ ।
जस्केलाबाट एउटा कालो छायाँ बाहिर निस्केजस्तो लाग्यो ।
गौरादह नगरपालिका - ८