वडा नम्वर ३ मा गडतौला र श्रेष्ठको नजर
मदन राजवँशी मनप्रीत, गौरीगन्ज | ७ चैत,
स्थानिय निकायको चुनाब नजिकिदै गर्दा पनि गौरिगँज गाउपालिकामा अहिलेसम्म कुनै दलले पनि उम्मेद्वारीघोषणा गरेका छैनन् । गाउपालिका अध्यक्ष कै उम्मेदवारको टुङ्गो नलागेको अवस्थामा अहिले ६ वटै वडा वाट फाट्टफुट्ट वडा अध्यक्षका लागि दावा गर्ने केहि स्थानियहरुको नाम सुनिन थालिएको छ ।
गौरीगँज गापा वडा नँ ३ का लागि राजेश गडतौला र रुपक श्रेष्ठले उम्मेद्वारी दिने अनौपचारिक ईच्छा ब्यक्त गरेका छन् । खवर गौरिगँजसँग कुरा गर्दै दुबै प्रत्यासिले आआफ्नो पक्षमा भारी मत रहेको दावि गरेका छन् ।
गडतौला नेपाली काँग्रेसका हुन भने श्रेष्ठ एमालेका हुन । दुबै आर्थिक हैसियत भएका यसै वडाका रैथाने हुन । स्थानिय राजनितिमा दुबै नया अनुहार हुन ।
नया सँरचना अनुसार गौरीगँजको बजार क्षेत्र वडा नँ ३ भित्र परेकाले अन्य वडा भन्दा यस वडाको राजनैतिक माहौल र गतिविधि महत्वपुर्ण रहेको छ । खवर गौरीगँजले गरेको एक सर्वेक्षणमा अधिकाँश युवाहरुले स्थानिय निकायको आगामि चुनावमा नया अनुहार नै खोजेको देखिन्छ । तिनिहरुको तर्क छ - बुढापाकालाइ धेरै पल्ट हेरियो अव नयालाइ जिताउनु पर्छ ।
त्यसो त एमाले र काँग्रेस दुवैले उम्मेद्वार छनौट गरिसकेका छैनन् तर गडतौला र श्रेष्ठले नै उम्मेद्वारी पाए यो वडामा दुवैको दमदार प्रतिस्पर्धा हुने देखिन्छ ।