गौरीगँज गापाका उम्मेद्वारका लागि नेपाली काँग्रेस बाट क कस्को नाम भयो सिफारिस ?

मदन राजवँशी मनप्रीत, २८ चैत झापा । नेपाली काँग्रेस गाउ कमिटि गौरिगँजको आज बसेको भेलाले बैशाख ३१ गते हुन गइरहेको स्थानीय निकायको चुनाबको लागि अध्यक्ष उपाध्यक्ष र वडा नँवर ३ र ४ का वडा अध्यक्ष र सदस्य हरुको उम्मेदवारको नाम सिफारिस गरेको छ । भेलाले गरेको सिफारिस अनुसार गौरिगँज गापाको अध्यक्ष का लागि घनश्याम रिजाल, फुलवती राजवँशी, दिपेन्द्र थापा, निरज अग्रवाल, कमलेश्वर राजबँशी, बिजय अग्रवाल, राजेन्द्र कार्कि, विश्वराज रिजाल, मखना महतो र कार्तिकलाल राजवँशीको नाम सिफारिस भएको छ । त्यसैगरि उपाध्यक्ष पदका लागि हरि वराइली लेल्टु ताजपुरिया, कल्पना थापा र ज्ञानु राजवँशी को नाम सिफारिस गरिएको छ । गौरिगँज वडा नँ ३ का लागि वडा अध्यक्ष मा राजेश गर्तौला, दुर्लभमान श्रेष्ठ, जगन्नाथ आचार्य, शम्भु पासवान, कृष्ण कुमारी गौतम, राम प्रसाद रौनियार, किशोरी प्रसाद साह र हेमा आचार्यको नाम सिफारिस भएको छ भने वडा सदस्यका लागि महेन्द्र रिजाल, द्वारिका प्र साह, शेषलाल साह, भवेस प्र दास, बिष्णु फुयाल, पुण्य प्र सुवेदी, कमलुद्दिन मिया मोहन दास र जगन्नाथ साहको नाम सिफारिस गरिएको छ । त्यसैगरि ३ नँवरको महिला सदस्यमा सीता पोख्रेल, सरिता शेर्पा र देवी भण्डारी तथा दलित महिला सदस्यमा सम्मी देवी पासवान (सर्वसम्मत) को नाम सिफारिस भएको छ ।

वडा नँवर ४ को वडा अध्यक्ष का लागि मुक्ती गिरी, काँग्रेस गिरी, पर्शुराम ताजपुरिया र दुर्गा ताजपुरियाको नाम सिफारिस गरिएको छ भने ४ नँवर वडा सदस्य मा श्यामलाल महतो, रामलखन ताजपुरिया, सन्तकुमार राजवँशी र नर बिक्रम नेम्वाङ् महिला सदस्यमा रेखा राजवँशी र गुणोदेवी राजवँशी तथा दलित महिला सदस्यमा नितु ऋषिदेवको नाम सिफारिस भएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |