१२ बर्षे बालक द्वारा आत्महत्या
२८ चैत, गौरीगन्ज, झापा । खजुरगाछी देवीगञ्जका एक १२ बर्षे बालकले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । स्थानिय रामदेब यादवका १२ बर्षिय छोरा अमन यादवले आफ्नै घरको बरण्डामा झुण्डिएर आत्महत्या गरेका हुन ।
"अघिसम्म घरमै खेलिरहेको थियो । एकै छिनमा यस्तो भयो" मृतक कि आमा ले बिलौना गर्दै भनिन् ।
मृतकलाइ अहिले प्राथमिक स्वास्थ्य केन्द्र गौरिगँजमा राखिएको छ । घटना बारे इप्रका गौेरिगँजले प्रमाणित गर्न बाकि छ ।



