२ दिने सचेतनामुलक तालिम

पुजन न्यौपाने कुवर, २७ चैत झापा । सकेसम्म स्वदेशमै रोजगारी गरौ, बिदेश जानै परे सहि सुचना र सीप सिकेर मात्र जाऔ भन्ने नाराका साथ झापाको चन्द्रगढिमा २ दिने सुरक्षित आप्रवासन सँवन्धि सचेतनामुलक तालिम शुरु भएको छ । गाउपालिकाका सामाजिक परिचालकहरुले असुरक्षित बैदेशिक रोजगारीमा जानेहरुलाइ सचेत गराउन सक्ने लक्ष्य का साथ सामाजिक परिचालकहरुका लागि सँचालन गरिएको सो तालिम बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना, सुरक्षित आप्रवासन सुचना तथा परामर्स केन्द्र झापाले गरेको हो ।

चैत २७ र २८ गते चल्ने सो तालिमको उद्घाटन झापाका स्थानिय बिकास अधिकारी खेमराज ओझाले गरेका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |