गौरीगँजका नयाँ हाकिम साब
मदन राजबँशी मनप्रीत, गौरीगन्ज |
अग्ला कद अनि मँगोलियन अनुहारका हसिला स्वभाबका सुरेन्द्र थापा मगर गौरीगँज गाउपालिकाका नया कार्यकारी अधिकृत हुन । गौरीगँज, खजुरगाछी, महाभारा र कोरोबारीलाइ मिलाएर नया सँरचना अनुसार गौरीगँज गाउपालिका भए पछि यिनी यहाका नया हाकिम भएर आएका हुन ।
धनकुट्टाको जितपुर ८ (अहिले महालक्ष्मी नपा ८) मा जन्मेका यिनले जितपुरकै जनता माबि बाट प्रवेशिका परीक्षा उतिर्ण गरेका हुन । त्यस पश्चात धनकुट्टा बहुमुखि क्याम्पसबाट ईपिएम बिषयमा स्नातकोत्तर (एमएड) गरेका यिनले २०५६ सालमा लोकसेवा पास गरि मुखियाको पद बा सरकारी सेवामा प्रबेश गरेका थिए ।
यिनको जागिरे जीवनको शुरुवात जिल्ला हुलाक कार्यालय सँखुवासभा बाट भएको थियो भने पछिल्लो पटक यिनी उर्लाबारी नपामा शाखा अधिकृतका रुपमा कार्यरत थिए ।



