वर्षौ देखि अलपत्र बिद्युत सामग्री ।

खबर गौरिगँज सम्वाददाता, २४ चैत झापा । जुरोपानी चोक स्थित अरुणोदय प्राबि अगाडि बर्षौ देखि बिद्युत सामग्रिहरु अलपत्र फालिएका छन् । यसबारे न त बिद्युत प्राधिकरणले चासो लिएको छ न त कुनै सरोकारवाला ले नै । बिगत तिन चार बर्ष देखि बिद्युतिय तार र एउटा बक्स त्यसै फालिएको छ - एक स्थानीय ब्यापारी भन्छन् - अहिले सम्म प्राधिकरणको कोहि पनि यि सामानको खोजि गर्न आएका छैनन् । यि सामग्रीहरु बारे न त दमक शाखालाइ जानकारी छ न त गौरादह शाखा लाइ नै ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |