राप्रपाले घोषणा गर्यो गौरीगँजको उम्मेद्वार
मदन राजवँशी मनप्रीत
२९ चैत झापा । राष्ट्रिय प्रजातन्त्र पार्टिले एक कार्यक्रमको आयोजना गरि गौरिगँज गाउपालिकाको लागि अध्यक्ष र उपाध्क्ष पदका लागि उम्मेद्वारी घोषणा गरेको छ । पार्टिले अध्यक्ष पदका लागि बाबुराजा श्रेष्ठ लाइ र उपाध्यक्ष पदका लागि सुशिला ताजपुरिया लाइ उम्मेद्वारी दिइएको हो ।
श्रेष्ठ खजुरगाछीका स्थानिय ब्यापारी र यहिका रैथाने हुन । ब्यापारका साथै समाजसेवी छविका श्रेष्ठ सरल र मिलनसार स्वभावका कारण यस क्षेत्र मा लोकप्रीय छन् ।
उपाध्यक्ष का प्रत्यासी ताजपुरिया कोरोवारी बघाचौधरी बजारका वासिन्दा हुन । शिक्षित र भरखरका युवा उमेरकि ताजपुरिया स्थानिय राजनितीमा नया अनुहार पनि हुन ।
उम्मेदवारी घोषणा कार्यक्रममा जिल्ला तथा छेत्रीय स्तरका पार्टी नेताहरु अमर विष्ट, बिजय बराल, भिम बस्नेत, मोहनराज बिष्ट, मोहित चौधरी, भिम पौडेल, बाबुराम कटुवाल लगायतको उपस्थिती थियो भने प्रमुख अतिथी पार्टीका सह महामन्त्री रामकुमार थापा रहेका थिए ।
कार्यक्रमको सँचालन नन्दराज थापाले गरेका थिए । केहि दिन पश्चात वडा हरुका लागि पनि उम्मेद्वार घोषणा गरिने पार्टीले जनाएको छ ।



