इलाका प्रशासन कार्यालय गौरीगँजबाट लिए हजार भन्दा बढिले राहदानी

मदन राजवँशी मनप्रीत, १५ बैशाख झापा । गत बर्ष बैसाख ५ गते बाट स्थापना भएको गौरीगँजको इलाका प्रशासन कार्यालयबाट एक बर्षको अवधिमा हजार बढिले राहदानी लिएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत महिनाको मसान्त सम्ममा सो कार्यालयबाट १ हजार २ सय एकान्नब्बे जनाले राहदानी लिएको देखिन्छ ।

तथ्याङ्क अनुसार सो कार्यालयबाट २९५ जनाले द्रुत राहदानी सेवा लिएको देखिन्छ । गत चैतको मसान्त सम्म ७ सय ६२ जना महिला र ८ सय ३ गरि जम्मा १ हजार ५ सय ६५ जनाले बँशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ भने ३५ जना महिलाले बैबाहिक अङ्गिकृत नागरिकता लिएको छ ।

गौरीगँज गापा र गौरादह नपाका जनताहरुको सुविधाका लागि स्थापना भएको सो कार्यालयले एक बर्षमा राहदानी तथा बिभिन्न सँस्था नविकरण बाट जम्मा ६७ लाख ४३ हजार रुपैया राजस्व सँकलन गरेको छ । "यो सानो क्षेत्र बाट यति धेरै राजस्व सँकलन हुनु सन्तोष जनक हो ।" कार्यालय प्रमुख यज्ञ आचार्यले भने । यस कार्यालयबाट नागरिकता राहदानी नावालक प्रमाणपत्र र सँस्था नविकरण सेवा उपलब्ध हुदै आएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |