गौरीगँज चोकमा झगडा : ड्युटीका प्रहरी रमिते
१९ बैशाख झापा । गौरीगँज चोकमा केहिबेर अघि (राती८:१५ बजे) दुइ पक्ष बीच झगडा हुदा प्रहरी रमितेका भिड बनेका छन् । केहि बेर अघि स्थानिय १८ बर्षिय सागर शर्मा लाइ सिताराम रौनियार र उनका छोराले कुटपिट गरेपछी शुरु भएको झगडा मा ड्युटीका प्रहरी रमिते बनेका हुन ।
रौनियार र उनका छोराले शर्मालाइ कुटपिट गरेपछि चोकका स्थानिय हरुले रौनियारको घर घेर्न पुगेका थिए । स्थिती तनावपुर्ण हुन आट्दा समेत चोकमा प्रहरी भ्यान सहित आधा दर्जनको सँख्यामा रहेका ड्युटीका प्रहरीहरु रमिता हेरेर बसि रहेका थिए । उनिहरुले भ्यानको हेडलाइट बालेर झन झगडियाहरुलाइ सघाइ रहेको भान हुन्थ्यो । स्थानियको दवाव बढ्न थाले पछी मात्र प्रहरीले रौनियार लाइ पक्राउ गरेर लगेका छन । रौनियार र उनका छोराको कुटपिट बाट शर्माको टाउको र अनुहारमा गम्भिर चोट लागेको छ ।



