गौरीगँज गापाका लागि तोकियो निर्वाचन अधिकृत

मदन राजवँशी मनप्रीत, २२ चैत झापा । बैशाख ३१ गते हुन गइरहेको स्थानिय निकायको निर्वाचनका लागि झापाका सबै स्थानिय निकाय लगायत देश भरिका सबै गाउपालिका र नगरपालिकामा निर्वाचन अधिकृत नियुक्त भएकाछन् । निर्वाचन आयोगले चैत २५ गतेदेखि लागु हुनेगरि आज जारि गरेको सुचना गनुसार गौरिगँज गाउपालिकाका लागि भिम प्रसाद तिवारीलाइ निर्वाचन अधिकृत तोकिएको छ । तिवारी जिल्ला प्रसासन कार्यालय झापाका सहायक प्रजिअ हुन । यसै गरि झापाका अन्य १४ वटा स्थानिय निकायका लागि समेत निर्वाचन अधिकृत तोकिएको छ । जस अनुसार दमक नपा मा बेदराज फुयाल, मेचि नपामा इन्दिरा शर्मा, कन्काइ नपामा रोसन भटराइ, अर्जुनधारा नपामा राधाकृष्ण खतिवडा, गौरादह नपामा सकुन्तला कार्कि, शिबसतासी नपामा पँकज भुर्तेल, बिर्तामोड नपामा भोजराज श्रेष्ठ लाइ निर्वाचन अधिकृत तोकिएको छ ।

त्यसैगरि कमल गाउपालिकामा प्रेम प्रसाद लुइटेल, बाह्रदसी गापामा बाबुराम राइ, झापा गापामा रोसन घिमिरे, बुद्धशान्ति गापामा इन्द्र प्रधान हल्दिवारी गापामा पदम कार्कि र कचनाकवल गापामा देवि बहादुर भण्डारीलाइ निर्वाचन अधिकृत नियुक्त गरिएको छ । झापा जिल्लाका लागि भने जिल्ला अदालत झापाका माननिय जिल्ला न्यायाधिवक्ता सुदर्शन राज पाण्डेलाइ प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । यिनि भद्रपुर नपाका लागि समेत निर्वाचन अधिकृत रहने छन्

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |