उपाध्यक्ष्यमा पुष्पहरीको दावेदारी
२१ चैत, गौरीगन्ज |
स्थानीय निकायको आसन्न निर्वाचनका लागि सबैले अध्यक्षको मात्र चर्चा गरेको पाइन्छ । स्थानिय नाम चलेका सबै राजनैतिक अनुहारहरुले समेत अध्यक्षको मात्र दावा गरेको पाइन्छ । यस्तो माहौलमा नेपाली काँग्रेसका स्थानिय नेता पुष्पहरी बराइलीले भने आफु गौरिगँज गाउपालिकाको उपाध्यक्ष पदका लागि लड्ने बताएका छन् ।
गौरीगँज गाउपालिकाका लागि उपाध्यक्षका उम्मेद्वारको खडेरी लागिरहेको बेला नेता बराइलीले यो दाबेदारी गरेका हुन । नेपाली काँग्रेसका महाधिवेशन छेत्रीय प्रतिनिधि समेत रहेका नेता वराइली २०३६ साल देखि नै नेपाली काँग्रेसमा आवद्ध भइ पञ्चायति ब्यवस्था बिरुद्धको आन्दोलनमा होमिएका थिए । २०५५ साल पछि पार्टिको सक्रिय सदस्यका रुपमा राजनितिमा होमिएका यिनी स्थानिय दलित अगुवाका रुपमा समेर परिचित छन् । शुरु देखि नै सुनचादि ब्याबसायिमा आबद्ध बराइली नेपाल सुनचादि ब्यावसायि झापाका उपाध्यक्ष समेत हुन ।
यस सँगै गौरिगँज वडा नँ ६ को अध्यक्षमा नेपाली काँग्रेसबाट गोपाल प्रसाद पौडेलको दाबेदारी समेत सुनिन आएको छ ।



