सँचारकर्मी राजवँशीले छाडे प्रेस चौतारी

मदन राजवँशी मनप्रीत, ४ बैशाख झापा । गौरिगँजलाइ कार्यक्षेत्र बनाइ बिगत एक दसक देखि पत्रकारिता गर्दै आएका सँचारकर्मी आत्माराम राजवँशीले एमाले निकट प्रेस चौतारी परित्याग गरि काँग्रेस निकट पत्रकारहरुको छाता सँगठन प्रेस युनियनमा प्रवेश गरेका छन । राजवँशी पत्रकारितामा लागेदेखि नै एमाले निकट रहि प्रेस चौतारी झापाको साधारण सदस्य र पछिल्लो समय प्रेस चौतारी दमकको क्षेत्रिय उपाध्यक्ष थिए ।

हिजो एक प्रेस नोट जारि गर्दै उनले लेखेका छन् -"अहिलेको राष्ट्रिय राजनितिमा नेकपा एमालेले आदिवासी जनजाती मधेसी मुस्लिम तथा अल्प सँख्यकहरुको हित बिरुद्ध खोक्रो राष्ट्रबाद को नारा दिएर नेपाली राष्ट्रियतालाइ अझ कमजोर बनाउने कार्य गरेको हुदा सो पार्टी सँग नजिक रहेर देश र जनताको भलो हुन नसक्ने ठहर गर्दै आजका मितीबाट लागु हुने गरि प्रेस चौतारी झापाको साधारण सदस्य समेत नरहने र प्रेस चौतारी क्षेत्रिय समिती उपाध्यक्ष पदबाट राजिनामा समेत दिएको यसै प्रेस नोटबाट सँवन्धित सँस्था लाइ जानकारी गराउदछु ।" राजवँशी हाल गोरखापत्र दैनिकमा आवद्ध छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |