विद्युत प्राधिकरण गौरीगँजका इन्चार्ज २ महिनादेखि बेपत्ता
मदन राजवँशी मनप्रीत | नेपाल बिद्युत प्राधिकरण गौरीगँजका इन्चार्ज राजु गुरुङ् बिगत २ महिना देखि बेपत्ता छन् । २ महिना अघि एक हप्ताको बिदा लिएर बसेका गुरुङ् बिना कारण कसैको सँपर्क भन्दा बाहिर छन् । २ महिना अघि होलिको बिदामा बसेका गुरुङ् त्यस पछि आफ्नो मोवाइल सम्म स्विच अफ गरेर गुमनाम बसेका हुन । बिराटनगर घर भएका गुरुङ् होलि पछि बेपत्ता छन् ।
२ महिना देखि बेपत्त भएपछि खबर गौरीगँजको कार्यालयमा गुनासो आएपछी खबर गौरीगँजले यस बारे बिद्युत प्राधिकरण को दमक शाखामा सम्पर्क गर्दा दमक शाखाका ईन्चार्ज सुरेन्द्र साहले यस बारे आफुले खोजि गरि रहेको र चाडै नै गुरुङ्को खोजि गर्ने शस्वासन दिएकाछन् ।
खबर गौरीगँजले यस बारे चासो लिएर खोजि गर्न थाले पछि हिजो बिद्युत प्राधिकरण दमकले आकस्मिक बैठक डाकेको बुझिएको छ । बेलुका प्राधिकरणका बिशेष सुत्र ले खबर गौेरीगँजलाइ दिएको जानकारी अनुसार गुरुङ् लाइ गौरीगँज क्षेत्र मन नपरेर अनुपस्थित भएको बुझिएको छ ।
बैठकले आइतबार देखि गुरुङ्लाइ गौरादह महसुल काउन्टरमा हाजिर हुने गरि आदेस जारी गरेको छ । बिसेश सुत्र ले खबर गेरीगँजलाइ दिएको जानकारी अनुसार गौरीगँजको महसुल काउन्टरमा राजवँशी थरका एक कर्मचारीलाइ प्रमुखका रुपमा खटाउने भएको छ ।



