माला लिम्बुलाई छुकछुके रेलमा सुनिल क्षेत्रीले भेट पछि (भिडियो सहित)

गौरीगन्ज | गायिका रमिला ग्याङग्मी मगरको आवाजमा “छुकछुके रेल” बोलको गीतको म्युजिक भिडियो एस.आर.एस. इन्टरटेन्मेंटको ब्यानरमा शुक्रबार राजधानीमा एक भब्य समारोह बिच पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।

यस गीतलाई चर्चित गितकार डि.पी खनालले लेखेका छन् भने, धनु ग्याङमीको संगीत रहेको छ उक्त भिडियोलाई बिकाश सुबेदीले निर्देशन गरेका छन् भने हट मोडल तथा अभिनेत्री माला लिम्बुको साथमा भारतिय रियालिटी सो डान्स इन्डिया डान्सका प्रतियोगी सुनिल क्षेत्री र नेपाली ठीटोज टिमको नृत्य रहेको छ ।

यस गीतको म्युजिक भिडियोलाई अनिल मानन्धरले छाँयाकँन र सुप्रिम पराजुलीले सम्पादान गरेका छन् । यस भिडियोलाई सुनिल क्षेत्री स्वयंले कोरियोग्राफी गरेका हुन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |