नया शहर बनाउन गौरीगँजमा सँभाब्यता अध्ययन शुरु

मदन राजवँशी मनप्रीत, ११ बैशाख झापा । हुलाकि राजमार्ग अन्तर्गतका दस बिकासोन्मुख बजार बस्ति हरुलाइ शहरिकरण गर्ने परियोजना अन्तर्गत झापाको पुरानो बजार गौरीगँजलाइ सहरीकरण गर्न सँभाब्यता अध्ययन शुरु भएको छ ।

सहरि बिकास मन्त्रालय सहरि भवन निर्माण बिभाग अन्तर्गत गौरीगँजलाइ नया सहरका रुपमा बिकास गर्ने नया सहरिकरणको सँभाब्यता अध्ययन शुरु गरिएको हो । सँभाब्यता अध्ययनका लागि आइतबार सहरी भवन निर्माण बिभाग, नया सहर आयोजना समन्वय कार्यालय बाट खटिएका कन्सल्टेन्ट तथा टिम लिडर कृष्ण तिम्सिना र सपोर्ट मेम्बर रितु राज भण्डारीले गौरीगँज आइ यहाका राजनैतिक दल तथा अगुवाहरु सँग छलफल चलाएको छ ।

"हुलाक राजमार्गका दस नया सहर मध्ये गौरीगँजलाइ भविष्यका सहरका रुपमा बिकास गर्न सकिने देखिएरै हामिले अध्ययन शुरु गरेका हौ" - कन्सल्टेन्ट तिम्सिनाले भने - "त्यसका लागि हामिले यहाका सडक , कार्यालय लगायतका भौतिक सँरचनाहरुको अबलोकन समेत गरेका छौ ।" सँभाब्यता अध्ययन शुरु भएसँगै उत्साहित देखिएका गौरीगँज गापाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा मगरले "यो परोयोजना ले गौरीगँजको चौतर्फी बिकासको बाटो खुल्ने कुरा बताए । गौरीगँज गापाका योजना शाखा प्रमुख अजय साहले " यो परियोजना ले गौरीगँजको बर्षौ देखिको पुरानो मुहार फेरीने कुरा बताए ।

राजनैतिक दल र अगुवा सँगको छलफल पछी अध्ययनका लागि आएका कन्सल्टेन्ट तिम्सिनाले अध्ययन सकारात्मक नै रहेको कुरा बताएका छन । हुलाकि राजमार्ग अन्तर्गतका दस नया बजार बस्ति हरुलाइ सहरीकरण गर्न मन्त्रलायले पुर्वमा गौरीगँज रँगेली देखि पश्चिममा कँचनपुरको बेलौरी सम्मको ठाउहरुलाइ छनौट गरेको हो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |