आदर्श उच्च माबि घैलाडुब्बामा तनाव

मदन राजवँशी मनप्रित, २४ बैशाख झापा । छात्राहरुलाइ दुरव्यवहार गर्ने शिक्षक लाइ कारवाहिको माग राखि अभिभावकहरुले तालाबन्दी गरेपछी घैलाडुब्बा स्थित आदर्श उच्च माबि मा तनाव भएको छ ।

बिद्यालयका अँग्रेजी शिक्षक भोला ढुङ्गेलले बिगत ४ बर्षदेखि बिद्यालयका छात्राहरु माथि अश्लिल हर्कत गर्दै आएको घटना बिहिबार सार्वजनिक भएपछी अभिभावकहरुले दुराचारी शिक्षक लाइ कारवाहिको माग राख्दै तालाबन्दीमा उत्रिएका हुन ।

ढुङ्गेलले बिगत ४ बर्षदेखि बिद्यालयका छात्राहरुलाइ अश्लिल ब्यवहार गर्दै आएका छन् । सो कुरा कसैलाइ भने आफ्नो बिषयमा फेल गराइ दिने धम्की दिदै उनले छात्राहरु माथि दुरब्यवहार गर्दै आइरहेको कुरा एक पिडित छात्राले बताइन् । गत बिहिबार एक छात्राले असहाय भएर रोएपछी घटना सार्वजनिक भएको हो ।

"यस्ता दुराचारीलाइ शिक्षक जस्तो पद बाटै निलम्वन गरिनु पर्छ । यसलाइ कानुनी कारवाहि नभए सम्म हामी बिद्यालय खुल्न दिदैनौ"- एक अभिभावक मोहन राजवँशीले बताए ।

घटना सार्वजनिक भएपछी आरोपित शिक्षक भोला ढुङ्गेल फरार छन् । अहिले बिद्यालय ब्यवस्थापन समिती र अभिभावक वीच घटना समाधानका लागि छलफल चलिरहेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |