सामाजिक सुरक्षा भत्ता बिहिबार देखि बाडिने
२४ बैशाख गौरीगँज स्थानिय तहको नया सँरचना अन्तर्गत गौरीगँज गाउपालिकाको नया बैक खाता सँचालनमा आएपछि बिहिबार देखि सामाजिक सुरक्षा भत्ता बितरण हुने भएको छ ।
स्थानिय तहहरु नया सँरचनामा गएसँगै पुराना सबै गाबिसहरुको बैङ्क खाता बन्द भएको थियो । "आजदेखि खाता सुरु भएको छ । हामि चाडो भन्दा चाडो बृद्ध भत्ता बाड्ने तयारीमा छौ" - गौरीगँज गापाका प्रमुख अधिकृत सुरेन्द्र थापा मगरले भने ।
"हामी यो पाला देखि बैङ्क मार्फत सबैलाइ सामाजिक सुरक्षा बाड्ने तयारीमा थियौ तर गापा कै खाता ढिलो गरि सँचालनमा आएकाले तयारी पुरा गर्न सकेनौ"- ३ र ४ का वडा अध्यक्ष बिरेन्द्र खड्काले भने- "यो पालि गाउपालिका बाटै बाड्छौ" योजना अधिकृत अजय साहका अनुसार बिहिबार देखि बाडिने सामाजिक सुरक्षा भत्ता लिन कार्ड सहित सँवन्धित ब्यक्ती स्वयम् गाउपालिका कार्यालयमा उपस्थित हुनु पर्ने छ ।



