गायिका चाहिँ होइन डान्सर हुने सपना थियो - बसन्ती लिम्बू

गौरीगन्ज | पाचथर मा जन्मेकी बसन्ती लिम्बू द्रोना सुन्दर स्वर भएकी नब गायिका हुन, मोफसलबाट गित सङ्गीतमा सङ्घर्स गरिरहेकी बसन्ती अहिले प्रतिभा परिवारको सक्रीय सदस्य भएर गायनमा अघि बढिरहेकी छिन । उनै बसन्ती सङ्ग अमर लिम्बूले गित सङ्गितकै सेरोफेरोमा रहेर गरेको कुरा कानी।

नमस्कार बसन्ती जि! आज भोलि के मा ब्यस्त हुनु हुन्छ?

~ नमस्कार! म घर कै काममा ब्यस्त छु भन्नू पर्यो।

तपाईं गायिका, राम्रो गाउनु हुन्छ, तपाईं आफैलाई चाहिँ आफ्नो भोइस कस्तो लाग्छ?

~ ठिक ठिकै लाग्छ, तर श्रोताहरुले धेरै राम्रो छ भनेर भन्दा चाहिँ खुशी लाग्छ।

प्रतिभा परिवारमा सक्रीय हुनु हुदो रहेछ, यो कस्तो परिवार हो?

~ यो परिवार चाहिँ सामुहिक रुपमा आफ्नो कला लाई अघि बढाउने उदेस्य बोकेको एउटा जहाज हो, जहाँ हामी उडान भरी सकेको छौ प्रतिभा एल्बम १ मार्फत।

प्रतिभा परिवार मा तपाइको के जिम्मेवारी छ?

~अहिले म सक्रीय सदस्य छु।

प्रतिभा परिवारले गित सङ्गितको लागि केही गर्छ जस्तो लागेको छ तपाईं लाई?

~ अबस्य! यति राम्रा राम्रा अग्रज साहित्यकार/गितकार, सङ्गितकार र गायक/गायिकाहरु सबै यहि हुनुहुन्छ केही मात्र होइन धेरै हुन्छ।

हिजो अस्ति भर्खरै मात्र तपाइको फिचर सार्बजानिक भो, त्यसमा तपाइले भन्न बिर्सेको तथा भनेको भन्दा धेरै लेखिएको केही छ?

~ मेरो फिचर सबै सहि लागेको छ, तर सानू छदा गित गाउनु भन्दा धेरै म नाच्थे, गायिका चाहिँ होइन डान्सर हुने सपना थियो मेरो।

बैबाहिक अबस्था बारे त फिचर मा केही देखिएन, एति राम्री हुनुहुन्छ बिबाह त भइ सकेको होला नि?

~ हिहिही म राम्री रे? धन्यबाद ! हजुर को हेराई राम्रो रहिछ, बिहेको बारे अरु फिचरमा आउँछ अब, अहिलेलाई यति मात्र भन्छु।

आगामी योजना के छ?

~ गित सङ्गीत मै सके जति अघि बढ्ने योजना छ हेरौ अब के हुन्छ।

अन्त्यमा श्रोता तथा सुभेच्छुक लाई केहि भन्नू पर्दा? ~ सम्पुर्ण मलाइ माया गर्नु हुने सबै दर्सक श्रोतामा यहि आग्रह गर्दछु मेरो गित सुनेर प्रतिक्रिया दिनु होला, प्रतिभा परिवारले तयार पारेको एल्बम प्रतिभा १ आउदै छ सुनिदिनु होला।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |