गौरीगँज काँग्रेसमा ब्यापक असन्तुष्टी : बागी उठाउने तयारीमा कार्यकर्ता ।

मदन राजवँशी मनप्रीत, ११ जेठ झापा । स्थानिय तहको आसन्न निर्वाचनका लागि नेपाली काँग्रेसको उम्मेदवार छनौट समितीले आफु खुशी उम्मेद्वारको नाम जिल्ला समितीमा सिफारिस गरेपछी नेपाली काँग्रेस गौरीगँजमा व्यापक असन्तुष्टी बढेको छ ।

गत चैत २८ गते नेपाली काँग्रेस गौरीगँज गाउ समितीले सिफारिस गरेको गापा प्रमुख देखि वडा अध्यक्ष को उम्मेद्वार सम्मको नाम छनौट समितीले ब्यापक फेर बदल गरे पछी कार्यकर्ताहरुमा असन्तुष्टी चुलिएको हो । "गापा प्र‌मुखमा घनश्याम रिजाल लाइ उम्मेद्वारी दिनु पर्थ्यो ।" एक असन्तुष्ट कार्यकर्ताले भने - "अहिले सम्म कुनै भ्रष्टाचार को मुद्दामा नमुछिएको र गौरीगँजमा लोकप्रीय मानिएको काँग्रेसको नेता घनश्याम नै हो । छनोट समितीले उम्मेद्वारको नाम नफेरे हामी रिजाललाइ बागी उठाउछौ ।" यसबारे सोध्दा नेता रिजालले अहिले आफु बागि उठ्ने कुनै निर्णय नगरेको कुरा खबर गौरीगँजलाइ बताएका छन । बरु कार्यकर्ताहरुको चाहाना अनुरुप उम्मेदवारी फेरबदलका लागि पहल गरिरहेको कुरा बताएका छन् । तर असन्तुष्ट ‌मध्येका एक गाउ स्तरिय नेताले अहिलेको उम्मेद्वारको नाम छनौट समितीले परिवर्तन नगरे रिजाललाइ बागि उठाएर भएपनि बिद्रोह गर्ने कुरानाम नछाप्ने सर्तमा बताए ।

हिजो बसेको छनौट समितीले गौरीगँज गापा प्रमुखमा फुलबती राजवँशी उपप्रमुखमा दिपेन्द्र थापा को नाम अनुमोदनका लागि पठाएको छ । त्यसैगरि वडा अध्यक्ष का लागि १ नँ वडामा कार्तिकलाल राजवँशी २ नँ मा अघनु राजवँशी ३ नँ मा मखना महतो, ४ नँ मा पर्शुराम राजवँशी, ५ नँ बाट रतन राजवँशी र ६ नँ बाट बद्री यादबको नाम अनुमोदनका लागि सिफारिस गरेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |