काँग्रेसले छान्यो गौरीगँजको प्रमुख र उप प्रमुखको उम्मेद्वार
मदन राजवँशी मनप्रीत, ११ जेठ झापा । स्थानिय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले गौरीगँज गाउपालिकाको प्रमुख र उप प्रमुखको उम्मेदवार चयन गरेको छ । हिजो वसेको पार्टीको उम्मेद्वार छनौट समितीले प्रमुख र उप प्रमुखको टुङ्गो लगाएको हो । छनौट समितीले दिएको जानकारी अनुसार गौरीगँज गापाको प्रमुखमा फुलवती राजवँशी र उप प्रमुखमा दिपेन्द्र थपालाइ उम्मेद्वारी दिने निर्णय गरिएको हो ।
स्रोतका अनुसार पार्टीले गौरीगँज गापाका लागि वडाहरुको समेत लाभग टुँगो लागिसकेको र निर्णय अनुमोदनका लागि जिल्ला समितीमा पठाइएको र जिल्लाबाट अनुमोदन भइ केन्द्रमा पुगेपछी टऔपचारीक रुपमा उम्मेद्वार घोषणा गरिने छ ।



