एमाले झापाले तोक्यो ऩौ स्थानको उम्मेद्वार. गौरिगन्जको भोली तय हुने
जेष्ठ १०, २०७४- नेकपा एमाले झापाले ६ नगरपालिकासहित ९ स्थानमा उम्मेदवार टुंगो लगाएको छ ।
एक नम्बर प्रदेश कमिटीको मंगलबार इटहरीमा राति सम्पन्न बैठकले ६ नगर र ३ गाउँपालिकामा उम्मेदवार टुंग्याएको हो । बैठकले भद्रपुर नगरपालिकाको मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्दा श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै एमाले अध्यक्ष केपी ओलीको गृहनगर तथा निर्वाचन क्षेत्र दमकको मेयरमा रोमनाथ ओली र गौरादहको मेयरमा मदन अधिकारीलाई उमेदवार बनाउने भएको छ ।
दुई दिनअघि घोषित बुद्धशान्ति नगरपालिकाको मेयरमा एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक र उपमेयरमा मीना भूर्तेललाई उम्मेदवार बनाउने निर्णय भएको हो । कमल नगरपालिकाको मेयरमा मेनुका काफ्ले र उपमेयरमा वेणु शिवाकोटीलाई उठाउने निर्णय गरेको छ । त्यस्तैगरी अर्जुनधारा नगरपालिकामा हरि राना र उपमेयरमा कमला आचार्यलाई तय गरेको छ ।
पाँच गाउँपालिकामध्ये कचनकवल र झापामा सर्वसम्मत उमेदवार तय भइसकेको छ । कचनकवलमा शेरबहादुर खत्री र धनमाया दाहाललाई अध्यक्ष र उपाध्यक्ष तथा झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा कुन्ती बुढाथोकीलाई उमेदवार बनाउने सर्वसम्मत निर्णय भएको छ । बाह्रदशी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमलालाई उम्मेदवार बनाउने भएको छ ।
प्रदेश कमिटीले मेचीनगर, विर्तामोड, कन्काई, शिवसताक्षी नगरपालिका र गौरीगञ्ज तथा हल्दिवारी गाउँपालिकाको उमेदवार भने दुई दिनभित्रमा चयन गरिने प्रदेश कमिटी स्रोतले जनाएको छ । मेचीनगरमा विष्णु प्रसाईं र गोपाल बुढाथोकी, विर्तामोडमा हरिचरण शिवाकोटी र एकराज कार्कीमध्ये कसलाई मेयरको उम्मेदवार बनाउने भन्नेबारे बैठक जारी छ ।



