दोस्रो चरणको चुनाव, असार ९ गते गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले दोस्रो चरणको चुनाव असार ९ गते गर्ने मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । रमजान पर्व र दोस्रो चरणमा भाग लिन चाहेका दलहरुको कारणले चुनावको मिति सार्नुपरेको उनले जानकारी दिए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ प्रदेशका ४६१ स्थानीय तहमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ का ३८१ स्थानीय तहमा बैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |