खबर गौरीगँज अनलाइनले शुरु गर्यो गौरीगँज मै पहिलो युट्युब च्यानल ।
१७ जेठ झापा । गौरीगँज र आसपासका सत्य तथ्य र पारदर्शी समाचार अपलोड गरी छोटो समयमै पाठकहरुको मन जित्न सफल खबर गौरीगँज अनलाइन पत्रीका news.gauriganjportal.com ले आजदेखि युट्युब मार्फत आधिकारीक टिभी च्यानल शुुरु गरेको छ ।
ईन्टरनेटको बिस्तार र नया आम सँचारका रुपमा उदाएको युट्युबको लोकप्रीयतालाइ मध्यनजर गर्दै गौरीगँजलाइ बिश्वसँग जोड्ने हाम्रो अभियान भन्ने नाराका साथ स्थानिय समाचार , भिडियो रिपोर्ट , स्थानिय सरोकार वालाहरु सँगको अन्तर्वार्ता लगायतका सामग्रीहरु प्रस्तुत गर्ने उद्देश्यले शुरु भएको सो युट्युब टिभी च्यानललाइ युट्युबमा Khabar gauriganj यहाँ क्लिक गरेर अथवा सर्च गरि सब्सक्राइब गर्न र हेर्न सकिने छ । परिक्षण प्रसारणका लागि आज सो च्यानलमा गत फागुनमा गौरीगँजमा शुरु भएको पर्यटन महोत्सबमा मिस टिन झापा स्मृति ओलीले प्रस्तुत गरेको महिला हिन्सा सँवन्धि एकल नाटकको भिडियो लाइ राखिएको छ ।
"पहिले हामी शब्द र अक्षरले मात्र गौरीगँजको निगरानी गरि रहेका थियौ अब भिडियो र क्यामेराले समेत प्रत्यक्ष निगरानी राख्ने छौ" - खबर गौरीगँजका कार्यकारी सँपादक मदन राजबँशी मनप्रीतले भने - "अनलाइन पत्रीका जस्तै यो च्यानललाइ पनि आम दर्शकले माया गरि दिनु हुनेछ भन्ने आशा गरेका छौँ हामी आम दर्शकको चाहाना अनुसार नै सामग्रीहरु प्रस्तुत गर्दै जाने छौ ।"
स्थानिय ज्ञान राइ, कुमार राइ, मदन राजबँशी मनप्रीत र पुजन न्यौपाने कुँबर जस्ता जुझारु युवाहरुको समुहले शुरु गरेको यो अनलाइन पोर्टलको अहिले डेढ लाख भन्दा वढि भ्युअर छ । भने आजदेखि यो न्युज पोर्टलले शुरु गरेको युट्युब च्यानल Khabar gauriganj लाइ प्राविधिक सतिश राजवँशीले सँयोजन गरेका हुन ।
(पहिलो भेट) भिडियो हेर्नुहोस ।



