दुइ बर्ष भित्र गौरीगँजमा कृषि प्राविधिक शिक्षालय - ढकाल

मदन राजवँशी मनप्रीत, गौरीगन्ज | एमालेका तर्फवाट गाउपालिका प्रमुखका लागि उम्मेद्वारी पाएका गौरीगँज गापाका उम्मेद्वार श्याम ढकालले आफु जीते दुइ वर्ष भित्र गौरीगँजमा सरकारी स्तरको कृषि प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । खबर गौरीगँज अनलाइन समुहले शुरु गरेको युट्युब च्यानल खबर गौरीगँजको कार्यक्रम सिधा कुरामा बोल्दै उनले सो कुरा वताएका हुन् ।

गौरीगँज वासीले आफुलाइ भोट दिएर बिजय गराएमा गौरीगँजमा कम्तीमा पन्ध्र शैय्याको अस्पताल लगायत गाउपालिका भरीका सडकहरुको स्तरोन्नती गरि गौरीगँजलाइ व्यवस्थीत शहरको रुपमा कायापलट गर्ने कुरा वताएका छन् ।

प्रस्तुत छ - श्याम ढकालसँग गरिएको कुराकानीको भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |