मोरङकी नितिका चन्दक भइन, मिस नेपाल - २०१७
कुमार राई, गौरीगन्ज | शुक्रबार भएको ग्रान्ड फिनालेमा १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै "मिस नेपाल" २०१७ को ताज मोरङ उर्लाबारीकी २० बर्षिया निकिता चन्दकले जितेकी छिन । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्याइ दिइन् । उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।
यसैगरी, मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसन निति शाह र सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छिन् । राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले "महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन" भन्ने प्रश्न सोधेका थिए । जसको जवाफ चन्दकले सबै भन्दा उत्कृष्ट जवाफ दिएर उपाधि चुमेकी हुन ।
यो चर्चित सौन्दर्य प्रतियोगीतालाई द हिडेन ट्रेजरले आयोजना गर्दै आएको छ ।



