गौरीगँज एकमा राप्रपाबाट गणेश पोख्रेलको उम्मेद्वारी
पुजन न्यौपाने कुँवर, २२ जेठ झापा । गौरीगँज १ नँवर वडा (महाभारा ) मा राप्रपाले उम्मेद्वार को टुँगो लगाएको छ । श्रोत का अनुसार १ नँवर वडा मा अध्यक्ष मा गणेश पोख्रेललाइ उम्मेद्वारी दिइएको छ । त्यसैगरी सदस्य मा निलकण्ठ घिमीरे र विक्रमलाल महतो लाइ उम्मेद्वार वनाएका छन् भने महिला सदस्यमा जेठवती राजवँशी लाइ उठाइएको छ । दलित महिला सदस्यको टुँगो भने भोली लगाइने कुरा पार्टीले जनाएको छ ।



