गौरीगँजलाइ भ्रष्टाचार मुक्त नमुना गाउपालिका वनाउने राप्रपाका उम्मेद्वार श्रेष्ठको प्रतिवद्घता

मदन राजवँशी मनप्रीत, २४ जेठ झापा । गौरीगँज गापा प्रमुखका लागि राप्रपा का उम्मेद्वार बाबुराजा श्रेष्ठले आफु गौरीगँज गापाको प्रमुखका लागि निर्वाचित भए २ वर्ष भित्र गौरीगँजलाइ भ्रष्टाचार मुक्त नमुना गाउपालिका वनाउने प्रतिवद्धता जाहेर गरेका छन् । news.gauriganjportal.com को युट्युव च्यानल खबर गौरीगँजको कार्यक्रम सिधा कुरा मा बोल्दै उनले सो प्रतिबद्धता जनाएका छन् । सो कार्यक्रममा बोल्दै उनले निर्वाचित भएयछी गुइ वर्ष भित्र गाउपालिकाका सवै वडाका सडकहरुको स्तरोन्नती गर्नुका साथै घरघरमा विजुली पुर्याउने र सरकारी विद्यालयहरुको स्तरोन्नती गरिने कुरा वताए ।

कार्यक्रममा दर्शक पाठकहरुका प्रश्नहरुको जवाफ दिदै आफु निर्वाचित भएपछी गाउपालिकाका सवै वजारहरुलाइ व्यवस्थित गरि अतिक्रमित सडकहरु खालि गराइ पाच वर्ष भित्र गौरीगँजलाइ व्यवस्थित वजारका रुपमा स्थापित गराउने समेत वताएका छन् । पार्टीले हिन्दु राज्यको वकालत गरेपनि आफु सवै जाति र धर्मलाइ समान रुपमा समेटेर लाने कुरा वताएका छन् ।

पाठक दर्शककै प्रश्नको जवाफ दिदै उनले आफु जीते पछि सरकारी तलव र सुविधा नलिने समेत घोषणा गरेका छन् । आफुले पाउने तलव सुविधा गाउपालिका कै विकासमा खर्च गर्ने कुरा वताए ।

कार्यक्रम को समापन पछी खवर गौरीगँज सँग अनौपचारीक कुरा गर्दै उनले आफुले ठुला कुरा र भाषण नदिने र जनताले विश्वास गरी आफुलाइ जिताएमा विकासको मुल फुटाएर देखाइ दिने कुरा वताएका छन् । श्रेष्ठ स्थानीय व्यापारी हुन् । सरल र सहयोगि व्यवहारका कारण यिनी यस क्षेत्रमा लोकप्रीय मानिन्छन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |