माओवादी केन्द्रले पार्यो चुनावी अभियान तिव्र

२४ जेछ झापा । दोस्रो चरणको स्थानिय चुनाव नजिकिदै गर्दा माओवादी केन्द्रका उम्मेद्वारहरुले आफ्ना चुनावी अभियान तिव्र पारेका छन् । महाभारा र कोरोवारी क्षेत्रमा घरदैलो सकिए लगत्तै माओवादी केन्द्र का गाउपालिका प्रमुखका उम्मेद्वार विद्यानन्द राजवँशी र उपप्रमुखका उम्मेद्वार कल्पना राइ ले गौरीगँजको वजार क्षेत्र वडा नँ ३ मा घरदैलो अभियान तिव्र पारेका हुन ।

गौरीगँजको वजार क्षेत्र को घरदैलो अभियानमा वडा नँ ३ का वडाध्यक्षका उम्मेद्वार नीलम काफ्ले र वडा सदस्यका उम्मेद्वार पाण्डव झा लगायतले साथ दिइ रहेका छन् । विद्या नन्द राजवँशी गौरीगँजको पुर्वी क्षेत्रका एक्ला उम्मेद्वार हुन यस गाउपालिकाका अन्य सवै राजनैतिक दलहरुले गापा प्रमुखका उम्मेद्वार खजुरगाछी वाट मात्रै उठाएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |