गौरीगँजको ६ नम्वरमा देखियो नन्दराजको पक्षमा जन लहर

२४ जेठ गौरीगँज । गौरीगँज गापाको मुख्य वजार मानिने वडा नम्वर ६ मा राप्रपाका तर्फवाट वडाध्यक्ष का उम्मेद्वार नन्दराज थापाको पक्षमा जन लहर देखिन थालिएको छ । यस वडामा एमाले काँग्रेस माओवादी र फोरम लोकतान्त्रिकले उम्मेद्वारी दिए पनि युवा अवस्था देखि नै थापा सामाजिक कृयाकलापमा सकृय रहेकाले उनको पक्षमा जनलहर देखिएको हो । अमर खेलकुद क्लवमा आवद्ध रहि युवाहरुलाइ खेलकुद र अन्य सिर्जनात्मक कार्यमा प्रोत्साहन गर्दै आएकाले यिनी खजुरगाछी वजार भरी लोकप्रीय छन् अहिले यिनको चुनावि अभियानमा समेत जनताको सहभागिता अत्याधिक देखिन थालिएको छ ।

थापा सहित राप्रपाको टोलिले आज वडा नँ ६ को डौहावारी देखि देवीगँज सम्म गरेको घरदैलो कार्यक्रममा आम जनताले नाचगान गरि साथ दिएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |